ग्लोबल अवारेनेसद्धारा पत्रकार जमुना वर्षा र समाजसेवी धनमाया गुरुङ सम्मानित
पाेखरा | फागुन २५, २०७९
पोखरा: ग्लोवल अवारनेस फाउण्डेशन कास्की नेपालको प्रथम साधारण सभा एवम् ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पत्रकार जमुना वर्षा शर्मा र समाजसेवी धनमाया गुरुङलाई सम्मान गरेको छ ।
लैङ्गिक समनाताका लागि बलियो आधार सृजना प्रविधिमा महिलाको पहुँच भन्ने राष्ट्रिय नाराका साथ मनाइएको कार्यक्रममा गण्डकी प्रदेशका पूर्व सदस्य मिना गुरुङले शर्मा र गुरुङलाई सम्मान गर्नु भएको हो ।
सम्मान कार्यक्रममा गुरुङले महिलाको क्षमता र दक्षता वृद्धिसँगै नेतृत्वमा महिला पु¥याउन आवश्यक रहेको बताउनुभयो । उहाँले नारिमुक्ती आन्दोलनको प्रणेता क्लारा जेटकिनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम र शोषणाका विरुद्ध आवाज उठाएको दिनको स्मरण गर्दै शुरु भएको दिवसले पछिल्लो समय महिलाको हक अधिकारका आवाज खोज्नका लागि महत्वपूर्ण दिन बन्दै गएको धारणा राख्नुभयो ।
कार्यक्रममा सम्मानित पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्माले ८ मार्च महिलाहरूको उत्सवको दिन रहेको बताउँदै आपनो भुमिकाको खोजि सहित महिला अघि बढ्नु पर्ने बताउनुभयो । उहाँले आवाज कुनै छाल होइन तर उर्ले पछि परिवर्तन ल्याउने जनाउँदै आफनो अधिकार सहित कर्तब्यको पालना गरेर परिवर्तनको पाइला चाल्नु पर्ने बताउनु भयो । उहाँले सम्मानले आगामी दिनमा पत्रकारिता मार्फत समाजका लागि अझ थप जिम्मेवार भएर काम गर्न थप ऊर्जा मिलेको बताउनुभयो ।
संस्थाका अध्यक्ष चन्द्रा शर्मा महिला आन्दोलन र मुक्तिका लागि शुरुवात गरिएको आजको दिन महिलाको लागि विशेष रहेको बताउनभयो । उहाँले हरेक क्षेत्रमा महिलको गर्विलो उपस्थितका लागि संस्था सचेतना देखि विभिन्न तालिम तथा कार्यक्रम गर्दै आएको जनाउँदै समाजमा योगदान पुरयाएका दुई व्यक्तिलाई महिला दिवसमा सम्मान गरिएको बताउनुभयो ।
कार्यक्रममा सम्मानित व्यत्तित्व धनमाया गुरुङ, सहसचिव अन्जिता बास्ँतोला, उपाध्यक्ष विष्णु लम्साल लगायतले संस्थाका गतिविधि सहित महिला दिवसको बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

